भद्रपुर , पुष १९ । लागु औषध मुद्धाका एक फरार प्रतिवादी पक्राउ परी जेल चलान भएका छन् । जेल चलान हुनेमा भद्रपुर १ बस्ने ३४ बर्षिय रेम्बो भन्ने प्रदिपकुमार पौडेल रहेका छन् ।

झापा जिल्ला अदालत भद्रपुरको २०७५ माघ १३ गतेको फैसला अनुसार लागु औषध(गाँजा)मुद्दाका प्रतिवादी पौडेललाई ६ महिना कैद र ४ हजार रुपैयाँ जरिवाना सुनाइएको थियो । जरिवाना उनले राखेको धरौटीबाट सदर भएको र कैदको हकमा १ महिना २१ दिन असुल भई बाँकी ४ महिना ९ दिन बेरुजु रहेको अबस्थामा उनी फरार भएका थिए । खोजतलास गर्ने क्रममा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज उनकै घरबाट पक्राउ गरी बाँकी कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्