काँकरभिट्टा , पुष २९ । तेस्रो मेचीनगरस्तरीय बी डिभिजन स्नुकर टुर्नामेन्टको तयारी पूरा भएको छ ।

ब्ल्याक एट पुल एण्ड क्याफे काँकरभिट्टाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।आयोजकका अध्यक्ष निमा वाङ्गेलले यही माघ २ देखि ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मेचीनगरका ३२ जना खेलाडीले प्रतिष्पर्धा गर्ने बताए ।‘नगरका ५, ६ र ७ नम्बर वडाका खेलाडीको सहभागिता रहनेछ, अधिकाँश खेलाडी ६ नम्बर वडाका छन्’ उनले भने–‘प्रतियोगिता सम्पन्न गर्न डेढ लाख रुपैयाँ लागत पूर्वानूमान गरेका छौं ।’

त्यसक्रममा विशिष्ट अतिथि जिल्ला फुटबल संघका पूर्व अध्यक्ष बालाजीत राईले इन्डोर गेमतर्फ विश्वव्यापीरुपमा ख्याती आर्जन गरेको स्नुकरप्रति युवा खेलाडीको अभिरुची बढेको बताए ।पूर्व खेलाडीहरु दावा गोम्देन तामाङ, हरि केसी, पासाङ शेर्पा, सचिन श्रेष्ठलगायत सो प्रतियोगिताको (मार्कर–रेफ्रि) रहने बताइएको छ ।उक्त प्रतियोगितामा प्रथम हुनेले १२ हजार ५ सय, द्वितीयले ६ हजार ५ सय र तृतीयले ३ हजार २ सय रुपैयाँसहित ट्रफी पाउनेछन् ।त्यसैगरी, विधागत पुरस्कारतर्फ टुर्नामेन्ट अफ द प्लेयर(जेन्टलमेन) ले १५ सय र हाईस्कोररले ३१ सय रुपैयाँसहित ट्रफी प्राप्त गर्ने वाङ्गेलले बताए ।

गोर्खा ब्रुअरीले प्रायोजन गरेको सो प्रतियोगिताको प्रथम पुरस्कार समाजसेवी बालकृष्ण थापाले सौजन्य गरेका छन् ।त्यस्तै, द्वितीय पुरस्कार मेचीनगर–६ का वडा अध्यक्ष ललित तामाङ र तृतीय पुरस्कार मेची युमा चेस एकाडेमीका सचिव राजु पौडेलले गरेको जनाइएको छ । समाजसेवी सोमनाथ कँडेलबाट ट्रफी सौजन्य भएको सो प्रतियोगितामा लायन्स क्लव अफ मेचीनगरका अध्यक्ष एवं जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष शंकर थापा सहयोगी भूमिकामा छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्