भद्रपुर, माघ ११ ।नेपाल स्काउट झापा जिल्लाअन्तर्गत झापा रोभर रेञ्जर ओपन स्काउट क्रयूले ५० आंै स्थापना दिवसको उपलक्ष्यमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

क्रयूले भद्रपुर १० स्थित कलवलगुरी आधारभूत विद्यालयमा अध्ययनरत ७९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
झापा रोभर रेञ्जर ओपन स्काउट क्रयूको रोभर लिडर गगनलाल राजभण्डारीेको अध्यक्षतामा भएको कार्यक्रमममा प्रमुख अतिथि पूर्व रोभर स्काउटर सीताराम पोखरेल रहेका थिए । कलवलगुरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलिका गुरागाई न्यौपाने विशेष अतिथि रहेको कार्यक्रममा प्रधानअध्यापक कल्पना नेपाल, पूर्व रोभर स्काउट अरुण बस्नेत, पूर्व रोभर स्काउट रमेश लुइटेल, पूर्व रोभर स्काउट सावित्रा पराजुली, क्रयूको रेञ्जर लिडर रिना राजभण्डारी शिक्षक, विद्यार्थी तथा रोभर रेञ्जरहरुको उपस्थिति रहेको थियो ।स्वागत मन्तव्य क्रयूको रेञ्जर लिडर रिना राजभण्डारीले गरेको उक्त कार्यक्रम सिनियर टिम मेट विवेक चांैलागाईले संचालन गरेका थिए ।
कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई क्रयूका रोभर रेञ्जरले साप्ताहिक रुपमा उठाउने शुल्क साथै पूर्व रोभर–रेञ्जर स्काउटले व्यक्तिगत रुपमा सहयोग उपलब्ध गराई रू १५००० मूल्य बराबरका शैक्षिक सामग्री वितरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्