बिर्तामोड , माघ ११ । बिर्तामोडको एक इलेक्ट्रोनिक्स पसलमा गएराति आगलागी हुँदा करीव ५० लाख मूल्य बराबरको क्षति भएको छ ।

बिर्तामोड नगरपालिका वडा नं. ५ भद्रपुर रोड बस्ने उमाप्रसाद सिटौलाको घरको दोस्रो तल्लामा भद्रपुर ६ बस्ने विकास अग्रवालको ईलेक्ट्रोनिक्स पसलमा आगलागी भएको हो । विद्युत सर्ट भई अचानक आगलागी हुँदा पसलभित्र रहेका वाल घडी, पंखा, ईलेक्ट्रिक बललगायतका सामान पूर्णरुपमा जल्दा पचास लाखबराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीयबासी,प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा बिहान ७ः२० बजे पूर्णरुपमा नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्