झापा , माघ १४ । बिर्तामोड नगर खेलकुद विकास समितिले सहिद दिवसको अवसरमा खुल्ला मिनी म्याराथन दौड प्रतियोगिता गर्ने भएको छ ।

बिर्तामोड ८ को देउनिया चौकदेखि बिर्तामोड नगरपालिकाको परिसरसम्म दौड प्रतियोगिता गरिने समितिका अध्यक्ष टीका संग्रौलाले जानकारी दिए।
महिला तथा पुरुष दौड प्रतियोगितामा १०० भन्दा बढीको सहभागिता रहने संग्रौलाले बताए । लामो समयदेखि खेलकुदका गतिविधि नभएका कारण खेलाडीहरुमा प्रेरणा जगाउन प्रतियोगिता आयोजना गरिएको समितिका उपाध्यक्ष केशब भण्डारीले बताए । प्रतियोगितामा प्रथम , द्वितीय ,तृतीय र सान्त्वना हुनेले क्रमशः ९ हजार , ७ हजार, ५ हजार र ३ हजार रुपैयाँका दरले नगद पुरस्कार पाउने घोषणा गरिएको छ । पाँच किलोमिटर दुरीमा हुने दौड प्रतियोगितामा स्थानीय युवाहरुको सहभागिता रहने उपाध्यक्ष दुर्गाराज निरौलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्