दमक, माघ २२ । कर्णाली वचत तथा ऋण सहकारी संस्थाले बिहीबार दमकमा सदस्य अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीको शिक्षा उपसमितिको आयोजनामा भएको कार्यक्रम दमक सेवाकेन्द्रका ब्यवस्थापन उपसमितिका संयोजक शेरबहादुर भट्टराईको अध्यक्षतामा भएको हो । दमक ४ ताराबारीमा भएको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाली कांग्रेस दमक नगर सभापति रोशन विष्ट, उद्योग बाणिज्य संघ दमकका सदस्य मोहन ढकाललगायतले सहकारीले सदस्यहरुलाई स्वरोजगार बनाउन कार्यक्रम ल्याउनु पर्ने बताए ।

कार्यक्रममा संस्थाको नीतिनियम सेवासुविधासहित बिशेष उपचार कोषको बारेमा सहकारीका सचिव भुपाल बस्नेत र शिक्षा उपसमिति सदस्य देवीबहादुर थापा र संस्थाको वर्तमान कारोबार अवस्थाका बारेमा दमक सेवाकेन्द्र प्रमुख सुजन भण्डारीले सहजीकरण गरेका थिए । दमक सेवाकेन्द्रअन्तर्गत रहेका सदस्यहरुका लागि सञ्चालन गरिएको कार्यक्रममा ७३ जना शेयर सदस्यसहित दमक सेवाकेन्द्रका व्यवस्थापन उपसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्