दमक,माघ २३ । झापाको कमल गाउँपालिकास्तरिय अपाङगता भएकाहरुको संस्था कमल अपाङगता समितिको अध्यक्षमा तिलरुपा बाँस्तोला चुनिएकी छिन् ।

क्याम्पास्थित गाउँपालिकाको सभाहलमा सम्पन्न संस्थाको दोश्रो बार्षिक साधारणसभाले बाँस्तोलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

११ सदस्यीय सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा टंकप्रसाद वराल,सचिवमा जीवन घिमीरे,सहसचिवमा सरु श्रेष्ठ र कोषाध्यक्षमा लंकबहादुर खड्का चुनिएका छन् ।
समितिको सदस्यहरुमा पिताम्बर खड्का,भुपेन्द्र गौतम,देवु चापागाई,सुनिता राई र मृगेन्द्रकुमार कार्की चुनिएका छन् । समितिको कार्यकाल दुई वर्षको रहने छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठको प्रमुख आतिथ्यमा भएको अधिबेशनको वन्दसत्रले संस्थाका अध्यक्ष मृगेन्द्रकुमार कार्कीको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष सरु श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको थियो ।

नवनिर्वाचित कोषाध्यक्ष खड्का अनुसार संस्थामा गाउँपालिका भरिका ४४७ जना अपाङगता भएकाहरु आवद्ध छन् । संस्थामार्फत नै कमलका ७ वटै वडामा समेत वडातहमा समिति गठन गरी अपाङगता भएकाहरुको हकहितसंगै सुरक्षा अभिबृद्धि गर्न विभिन्न कार्यहरु गर्दै आएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्