झापा , माघ २३ । झापामा फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्ने क्रममा थप दुई जना पक्राउ परी जेल चलान भएका छन् ।

मानव अपहरण तथा शरीर बन्धक , जबरजस्ती चोरी मुद्धाका फरार प्रतिवादी र कुटपिट अंगभंग मुद्धाका फरार प्रतिवादी जेल चलान भएका हुन् । मानव अपहरण तथा शरीर बन्धक , जबरजस्ती चोरी मुद्धाका फरार प्रतिवादी उर्लाबारी २ बस्ने ३४ वर्षिय सुसन भन्ने राजेश्वर लिम्बु माघ २० गते पक्राउ परेका थिए । २०७२ पुष १४ गते राति ८.३० बजे लिम्बु समेतले बिर्तामोड ६ बस्ने २७ वर्षिय बिशाल ढुङ्गेललाई बा १३च ६५९७ नं.को गाडीमा चढाई भारत पानीटंकीमा लगी मुखमा पट्टी बाँधी कुटपिट गरी उनीसंग भएको . ५ हजार नगद र सामसुङ मोबाईल खोसेका थिए । त्यहाँबाट उम्कन सफल भएका ढुङ्गेलले २०७२ पुष १५ गते ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा आई निवेदन दिएका थिए । झापा जिल्ला अदालतको २०७३ माघ ५ गतेको फैसला अनुसार लिम्बुलाई ७ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

त्यस्तै कुटपिट अंगभंग मुद्धाका फरार प्रतिवादी दमक ४ बस्ने २३ वर्षिया सुनिता राई पनि पक्राउ परी जेल चलान भएकी छन् । झापा जिल्ला अदालतको २०७५ पुष २९ गतेको फैसला अनुसार कुटपिट अंगभंग मुद्धाकी राईलाई दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको थियो । घटनापछि फरार प्रतिवादी राईलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको थियो ।दुवै प्रतिवादीलाई केद भुक्तानको लागि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्