दमक, माघ २३ । दमक उद्योग वाणिज्य संघको २९ औं बार्षिक साधारणसभाको अवसरमा दुईजना सफल युवा व्यवसायीलाई सम्मान गरिनुका साथै एकजना सञ्चारकर्मीलाई पुरस्कृत गरिएको छ ।

संघले उत्कृष्ट व्यवसायीका रुपमा व्यवसायीद्वय इन्द्रसेन अग्रवाल र इन्दिरा बाँस्कोटा ( भट्टराई) लाई सम्मान गरेको हो ।

त्यसैगरी संघको आजीवन सदस्यता प्राप्त गर्ने दमकका बिद्युत व्यवसायी दयासागर आचार्य र किराना व्यवसायी विष्णु साह तेलीलाई पनि सम्मान गरिएको छ । आचार्य र साहले संघको आजीवन सदस्यता लिई जीवनभर व्यवसायमा समर्पित रहने निधो गरेका कारण उनीहरुलाई आजीवन सदस्यता प्रदान गरिएको संघका वरिष्ठ उपाध्यक्ष एवं साधारणसभा तयारी उपसमिति संयोजक गोपाल गुरागाइँले जानकारी दिए ।
सभाकै अवसरमा दमकको उद्योग व्यवसाय क्षेत्रमा कलम चलाएर सञ्चारका माध्यमबाट योगदान पुरयाएवापत सञ्चारकर्मी जीवन चुँडाललाई पुरस्कृत गरिएको छ । संघले विगत ४ बर्षयता हरेक बर्ष साधारणसभाको अवसरमा एक जना सञ्चारकर्मीलाई वाणिज्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ । उनीहरुलाई नेपाल उद्योग वाणिज्य महासंघका गाउँ – नगर उपाध्यक्ष दिनेश श्रेष्ठले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।साधारणसभामा संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका साधारणसभा तयारी उपसमितिका संयोजक देवीप्रसाद गुरागाईले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष गोकुल श्रेष्ठले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभाको वन्दसत्रमा संघका प्रथम उपाध्यक्ष राजु खड्काले बार्षिक प्रतिवेदन,द्वितीय उपाध्यक्ष समेत रहेका व्यावसायिक हितकोष कार्यक्रम सञ्चालन समितिका संयोजक राजकुमार योङयाले विषयक बार्षिक प्रतिवेदन ,लेखा समितिका तर्फवाट लेखा संयोजक खोमप्रसाद वगालेले लेखा प्रतिवेदन ,तृतीय उपाध्यक्ष रमा लिम्बुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।
कार्यसमितिका तर्फबाट प्रस्तुत गरिएका विभिन्न प्रतिवेदनहरु साधारणसभाको बन्दसत्रले सुझावसहित पारित गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्