भद्रपुर, माघ २४ । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको १६ आंै उपशाखा सभा विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

रेडक्रस सोसाइटी झापा शाखाका सभापति,केन्द्रीय सदस्य एवं विधान मस्यौदा समितिका सदस्य लोकराज ढकालको प्रमुख आतिथ्य र भद्रपुर उपशाखाका सभापति गोपाल गिरीको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
उपशाखा भवन र जग्गाको घेरावारा गर्ने, अक्षय कोष वृद्धि गर्दै कम्तीमा १० लाख पुर्याउनलगायत मानवीय हितका क्रियाकलाप निरन्तर गर्ने निर्णयहरु गर्दै सभा सम्पन्न भएको सचिव दीप लिम्बुले जानकारी दिए ।

सभामा भद्रपुर रेडक्रससंग सहकार्य गर्दै रक्तदानलगायतका क्रियाकलाप गर्ने चारवटा संस्थाहरु रोटरी क्लव अफ भद्रपुर, भद्रपुर मारवाडी संघ, मदन भण्डारी नर्सिङ क्याम्पस र भद्रपुर मारवाडी युवा मंचलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा रेडक्रसका पूर्व कोषाध्यक्ष भक्त खवास, ८ नं वडा अध्यक्ष गौरव सुव्वा, सम्मानित संस्था नर्सिङ क्याम्पसकी प्रिन्सिपल रन्जना डाँगी र भद्रपुर उपशाखाका सल्लाहकार गोविन्द कोइरालाले सुझावसहित मन्तव्य राखेका थिए ।
कार्यक्रममा सचिव दीप लिम्बुले वार्षिक प्रतिवेदन , कोषाध्यक्ष शीला भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपसचिव लता खरेलले संचालन गरेको कार्यक्रममा नेत्र पोखरेल, रामप्रसाद दवाडीले सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष गौरव सुव्वा र समाजसेवी सत्यनारायण तायलले विशिष्ट सदस्यता लिने घोषणा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्