दमक, माघ २४ । सामाजिक कार्यमा क्रियाशील किवानिज क्लव अफ दमकले दमक ३ का तारावारीआसपासका विपन्न परिवारलाई ५० थान व्लाङ्केट प्रदान गरेको छ ।

क्लवले एक कार्यक्रम गरी त्यहाँका गरिव, विपन्न र सिमान्तकृत समुदायका लागि ५० थान व्लाङ्केट वितरण गरेको हो । क्लवले स्थानीय टोल विकास संस्थाहरूको समन्वयमा लक्षित समुदाय छनौट गरी राहत वितरण गरेको क्लवका अध्यक्ष रवि केसीले बताए । ती सहयोग सामग्रीहरु वडा सदस्य तनकुमारी दाहालको प्रमुख आतिथ्यमा वितरण गरिएको थियो । सहयोग हस्तान्तरणका क्रममा उनले क्लवले पुर्याएको सहयोग प्रशंसा गरिन् ।
त्यस्तै अध्यक्ष केसीले दमकको अन्य वडाका अतिविपन्न परिवारलाई यस्तो सहयोग जारी राख्ने प्रतिवद्धता जनाएका थिए । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन उपाध्यक्ष गोबिन्दराज कट्टेलले गरेका थिए भने कार्यक्रममा दमक जेसीजका अध्यक्ष सुयोग खरेलका साथै क्लवका पदाधिकारी ,सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्