दमक,माघ २५ । दमक –८ स्थित श्रीकृष्ण टोलमा बस्दै आएकी पाठेघरकी विरामी पार्वती कटुवाललाई स्थानीय दुई जना महिलाले सहयोग उपलव्ध गराएका छन् ।

विरामीको थप उपचार गर्न आवश्यक रकम नहँुदा कटुवाललाई स्थानीय शान्ता केरुङ र चेसुङ केरुङले लत्ताकपडासहित खाद्य सामग्री उपलव्ध गराएका हुन् । विरामी बस्दै आएको घरैमा पुगेर ती दिदीवहिनीले एक थान फाइवर सिरक,दाल,तेल,आलु लगायतका खाद्यान्न सामग्रीहरु दिएका हुन् ।
यसैगरी आइतबार नै दमक ६ घर भई हाल अमेरिका बस्दै आएकी सामाजिक अगुवा मनिषा एवई राईले पनि विरामीको उपचारमा सघाउ पुर्याउन रु ५ हजार उपलव्ध गराएकी छन् । उनले केहि दिनअघि मात्र दमक ९ स्थित अनाथ वाल आश्रमका बालबालिकाहरुलाई जाडोका लागि फाइवर सिरक ,विभिन्न खाद्यान्न सामग्रीहरु उपलव्ध गराएकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्