बिर्ताबजार, माघ २७ । लत्ताकपडा खरिद गर्न नसक्ने विपन्न परिवारलाई निःशुल्क कपडा उपलब्ध गराउने उद्धेश्यले खोलिएको ‘कपडा बैंक’ को समापन गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका सदस्यहरुको लागि आफूलाई चाहिएको कपडा छानी–छानी पैसा नतिरी लैजान सक्ने व्यवस्था गरी खोलिएको कपडा बैंकको मंगलवार समापन गरिएको हो । ‘सधै सामाजिक सोच राखेर समाजका लागि केही गरौ’ भन्ने उद्धेश्य बोकेका युवाहरुको सक्रियतामा ‘कपडा बैंक’ सञ्चालन गरिएको थियो । बिर्तामोड नगरपालिका वडा नम्बर–३ स्थित सैनिकमोडमा सञ्चालन गरिएको बैंकबाट गरीब तथा अतिविपन्न परिवारका सयौँलाई राहत पुगेको आयोजक समितिका संयोजक गुन्जन प्रसाईले बताए ।

बिर्तामोड–३ मा रहेको सामाजिक सेवामा क्रियाशील एम के के ग्रुप, अनारमनी युथ क्लब ,दारी ग्याङ झापा तथा रोट्रयाक्ट बिर्तामोडलगायतका सघं–संस्थाले ‘कपडा बैंक’ सञ्चालनमा ल्याएका थिए । एक सातासम्म कपडा बैंक संञ्चालनमा आएपछि जाडो मौसममा कपडा लगाउनबाट बन्चित सयौँ विपन्न परिवारका सदस्य लाभान्वित भएको सह–संयोजक आकाश उप्रेतीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्