गौरीगञ्ज , माघ २७ । स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै डा. लिली राजवंशी सम्मानित भएकी छन् ।

मुलधार महिला सेवा केन्द्र उदयपुरले ‘चेलिबेटी सशक्तीकरण सम्मान २०७७’ बाट डा. राजवंशीलाई मंगलबार सम्मान गरेको हो ।
हेटौडामा सम्पन्न मुलधार महिला सेवा केन्द्र उदयपुरको तेस्रो राष्ट्रिय बेटी सम्मेलन २०७७ मा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले राजवंशी समुदायका प्रथम महिला चिकित्सक भई स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरेका थिए ।

‘समानता, समावेशी र मानवअधिकारका लागि आसनमा महिला, भाषणमा महिला, शासनमा महिला, महिला लैङ्गिक विभेद र बालिका बलात्कार गर्नेलाई फाँसी देऊ’ भन्ने मुल नाराका साथ ३ दिने चेलीवेटी सशक्तीकरण राष्ट्रिय सम्मेलन माघ २७, २८ र २९ गते हेटौडामा सञ्चालन हुने जनाईएको छ । डा. राजवंशीले स्वास्थ्य क्षेत्रमा १५ हजारभन्दा बढी विरामीको सफलतापूर्वक शल्यक्रिया गरेकी छन् । डा . लिलीले आदिवासी जनजाति अतिसिमान्तकृत राजवंशी महिलामा पहिलोपटक एम.वि.वि.एस र एमडी गरेकी हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्