बिर्तामोड, माघ २९ । पार्टीका क्षेत्रीय प्रतिनिधि पर्शुराम सिटौलाको निधन भएको नवौं पुण्यतिथिमा नेपाली कांग्रेसका नेताकार्यकर्ताहरुले सामूहिक रुपमा समवेदना दिएका छन् ।

नेपाली कांग्रेसको जिल्ला समिति , प्रदेश समिति , नगर समिति , वडा समिति , भातृ संघसंगठनले सामूहिक समवेदना व्यक्त गरेका हुन् । समवेदना कार्यक्रममा नेपाली कांगेसका नेता तथा पूर्व सांसद डिल्लीप्रसाद सिटौला, संविधानसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, नेपाली कांग्रेस प्रदेश क का सभापति धर्म लक्सम्बा, नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौला, रेडक्रस बिर्तामोडका अध्यक्ष सजेश शिवाकोटी, संविधानसभा सदस्य अमृत राजवंशी, उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराई, बरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी, पूर्व अध्यक्ष बलराम कार्की, साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङ्ग , सचिव मेघराज बाँस्तोला, बिर्तामोड नगरपालिका वडा नम्बर–६ का वडाध्यक्ष सूर्य कन्दङ्वा, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सिता पौडेल, नेपाली कांग्रेस झापाका जिल्ला सदस्य पार्वता गिरी, महाधिवेशन प्रतिनिधि हुमा घिमिरे, नेता गोपालकुमार बस्नेत, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, बिर्ता लेडी जेसिजकी पूर्व अध्यक्ष राधा सुब्बा, , नेपाली कांग्रेस बिर्तामोड–३ का सभापति प्रेम उप्रेतीलगायतको उपस्थिति रहेको कांग्रेस युवा नेता दिवाकर प्रसाईले बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवाकोटी,पूर्व सासंद सिटौला, नेपाली कांग्रेस झापाका सभापति थापालगायतले शोकाकुल परिवारप्रति समवेदनाका शब्द राख्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्