कमल, फागुन २ । नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखाको आठौ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

कमल ५ मंगलवारेमा रहेको सभाहलमा आठौ बार्षिक साधारणसभा सम्पन्न गरिएको सचिव पारषमणि राईले बताएका छन् ।
रेडक्रस झापा जिल्ला शाखाका उपसभापति मित्रदेब काफ्लेको प्रमुख आतिथ्यमा भएको साधारणसभाको उद्घाटन कार्यक्रममा रेडक्रस उपशाखाका सभापति चन्द्र शाहले अध्यक्षको प्रतिवेदन ,सचिव राईले कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रमोदकुमार दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत तीनवटै प्रतिवेदन साधारणसभाको वन्दसत्रले सुझावसहित पारित गरेको उपशाखाका उपसचिव विष्णु सुब्बाले वताए ।
रेडक्रस उपशाखाका सदस्य डम्बरकुमार राईले स्वागत मन्तव्य राखेको सो साधारणसभामा उपशाखाका सल्लाहकारसमेत रहेका जग्गादाता मुक्तिनाथ कार्की ,सल्लाहकार ऋषिकेष सुबेदीलगायत आजीवन सदस्य ,सदस्यहरुको उपस्थिति रहेको थियो । रेडक्रस लखनपुर छोटो समयमा नै दुई पटक उत्कृष्ठ उपशाखाको रुपमा पुरस्कृत भईसकेको छ ।