बिर्तामोड , फागुन ३ । पूर्वी नेपालमा पनि विद्युतबाट चल्ने स्कुटर उपलव्ध भएको छ ।

इलेक्ट्रिक स्कुटरको सोरुम बिर्तामोडमा खुल्न लागेको हो । इटहरी मुख्य डिलर भएको टुनवाल इ–भाइकलको आधिकारिक बिक्रेताको जिम्मेवारी बिर्तामोडमा त्रिवेणी ट्रेडिङले पाएको हो । जसको उद्घाटन मंगलबार हुँदैछ । चिनीया कम्पनीका इलेक्ट्रिक स्कुटर उपलव्ध भएपनि भारतीय कम्पनीको डिलर बिर्तामोडमा पहिलो पटक खुलेको त्रिवेणी ट्रेडिङका प्रोप्राइटर सुधिर राजवंशीले बताए । उनले आफूकहाँ चार मोडेलका स्कुटर उपलव्ध रहेको जानकारी दिए । इलेक्ट्रिक स्कुटरको आफ्नै विशेषता रहेको छ । विश्वव्यापी रुपमा प्रदुषण बढिरहेका बेला प्रदुषणरहित इलेक्ट्रिक स्कुटर अत्यन्त महत्वपूर्ण मानिएको छ । त्यस्तै लायसेन्स नचाहिने , वर्षेनि कर तिर्न नपर्ने , इन्धन नचाहिनेजस्ता विशेषता पाइन्छ । १५० सिसीको पल्सर मोटरसाइकल जतिकै तीब्र गतिमा कुद्न सक्ने क्षमता रहेको राजवंशीले बताए । उनले ती स्कुटरको मूल्य १ लाख ६० हजारदेखि २ लाख २० हजार रुपैयाँसम्म रहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्