दमक, फागुन ४ । सरस्वती पूजाको अवसर पारेर मंगलवार दमक जेसीजले दमक ४ धरधरेस्थित हिमालय वाल विकास केन्द्रमा अध्ययनरत ३० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ ।

जेसीजले शैक्षिक कार्यक्रमअन्तर्गत त्यस बालविकास केन्द्रमा अध्ययन गर्दै आएका अतिविपन्न परिवारका बालबालिकाहरुलाई पोशाक वितरण गरिएको अध्यक्ष सुयोग खरेलले बताए । जेसीजले विद्यालयमा आज एक कार्यक्रम गरी पोशाक हस्तान्तरण गरेको हो । जेसीजका महासचिव निरोज आचार्यले सञ्चालन गरेको कार्यक्रममा संयोजक विमला कट्टेलले कार्यक्रमको महत्वमाथि प्रकाश पारेकी थिईन् ।
विद्यालय पोशाक हस्तान्तरण कार्यक्रममा दमक नगरपालिका शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेको प्रमुख आतिथ्यता तथा वडा सदस्य तिलक थापाको अध्यक्षता रहेको थियो । कार्यक्रममा बाल विकास केन्द्र सञ्चालक समितिका अध्यक्ष शान्ता तामाङ,दमक नगर स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक बद्री बराल, दमक जेसीजका बोर्ड सदस्य,पूर्व अध्यक्ष ,स्थानीय बासिन्दालगायतको उपस्थिति रहेको थियो ।