दमक, फागुन ४ । दमक ६ मा मुख्य कार्यालय रहेको मेची सहकारी संस्थाले मंगलबारदेखि मोरङको पथरी वजारमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ ।

आफ्नो चौथो सेवा केन्द्रको रुपमा मंगलबारदेखि पथरीशनिश्चरे नगरपालिका वडा न.१ मा सेवाकेन्द्र विस्तार गरिएको सहकारीले जनाएको छ । सेवाकेन्द्रको राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलले गरे ।
सेवाकेन्द्र उद्घाटन कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, सहकारी संघ प्रदेश १ का अध्यक्ष डिल्लीप्रसाद पोखरेलको विशेष आतिथ्यता रहेको थियो । सहकारीले यसअघि मोरङको मधुमल्ला ,उर्लावारी र झापाको कमल गाउँपालिका ५ स्थित मंगलवारे वजारमा सेवाकेन्द्र विस्तार गरिसकेको छ । आवश्यकता अनुसार थप सेवाकेन्द्र विस्तार गर्दे लैजाने व्यवस्थापक खोमप्रसाद बगाले थापाले जानकारी दिए । आफ्ना शेयर सदस्यहरुको सुविधाका लागि सेवाकेन्द्र विस्तार गरिएको उनले बताए ।

सेवाकेन्द्रको उद्घाटनका क्रममा उपाध्यक्ष पोखरेलले बचत र ऋणसंगै सहकारीले रोजगारी,उत्पादनलगायतका आर्थिक रुपान्तरणमुखी कार्यमा जोड दिनुपर्ने औंल्याए ।
त्यस्तै, विशेष अतिथि रहेका पथरीशनिश्चरेका नगर प्रमुख राईले सहकारी संस्थाहरूको विकासमा नगरपालिकाले सहयोग गर्ने बताए । संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संस्थाका सचिव राजेन्द्रप्रसाद दाहालले संस्थाका गतिविधि र व्यवस्थापक बगालेले संस्थाको परिचय तथा वित्तीय अवस्थाका बारेमा जानकारी गराएका थिए ।
संस्थाले पथरी सेवाकेन्द्र सञ्चालन गर्न रुद्रबहादुर तामाङको संयोजकत्वमा पाँच सदस्यीय एक व्यवस्थापन समिति समेत गठन गरेको जनाईएको छ ।

गठित समितिको सहसंयोजकमा लुमा भट्टराई खड्का, सदस्यहरु पार्थबहादुर बुढाथोकी, कृष्णप्रसाद भट्टराई, भीम अधिकारी रहेका छन् । त्यस्तै कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा पार्वती भण्डारी बिष्ट, सेवाकेन्द्र प्रमुख सदस्य सचिव रहने गरी तीन सदस्यीय सेवाकेन्द्र कर्जा व्यवस्था उपसमिति गठन गरिएको व्यवस्थापक बगालेले बताए ।
उक्त सेवाकेन्द्रमा हालसम्म १२५ जना शेयर सदस्य बनिसकेको संस्थाका सूचना अधिकारी चन्द्रप्रसाद थापाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्