बिर्तामोड , फागुन ६ । आगामी फागुन १६ गते हुन लागेको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि दुईवटै प्यानलले आज उम्मेद्वारी दर्ता गराएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि बुधबार दुईवटा प्यानल घोषणा गरिएको थियो । नेपाली कांगे्रस निकट लोकतान्त्रिक विचार भएका व्यवसायीहरुले लोकतान्त्रिक व्यावसायिक प्यानल घोषणा गरेका थिए । जुन प्यानलका तर्फबाट अध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटीले मनोनयन दर्ता गराएका छन् ।त्यस्तै वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने , उद्योग उपाध्यक्षमा संजीव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे, जनसम्पर्क उपाध्यक्षमा नैनकला भट्टराई ,महासचिवमा रविन्द्र भट्टराई , उद्योग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिवमा राजकुमार शाह , कोषाध्यक्षमा दिपेन्द्र राउत , सहकोषाध्यक्षमा राधिका चुडाल हुमागाईको उम्मेद्वारी परेको छ । त्यस्तै महिला सदस्यमा तिलोतमा खत्री , तुलसा ढकाल , खुल्ला सदस्यमा विशाल थापा , सन्नी गोयल , दीपक मित्तल , बलराम सिटौला राम , मनोज शाह रौनियार , पुकार वराल र विकास बस्नेत उम्मेद्वार बनेका छन् ।

त्यस्तै नेकपा र राप्रपाको संयुक्त गठबन्धनमा बनेको संयुक्त व्यवसायी प्यानलका तर्फबाट पनि उम्मेदवारी दर्ता भएको छ । सुवास भट्टराईको नेतृत्वमा त्यस प्यानलले उम्मेद्वारी दिएको हो । संयुक्त गठबन्धनका तर्फबाट वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, वाणिज्य उपाध्यक्ष रामकृष्ण अधिकारी, जनसम्पर्क उपाध्यक्षमा उर्मिला बिमली खरेल, महासचिवमा अर्जुन मैनाली, उद्योग सचिवमा धनबहादुर डाँगी र कोषाध्यक्षमा दुर्गा थपलियाको उम्मेद्वारी परेको छ । त्यस्तै सदस्य पदमा विसन लिम्बू, गुञ्जन प्रसाईं, गौरीशंकर गुप्ता, भगिरथ लुइँटेल, उदय शाह, सूर्य खतिवडा, गोवन्द कार्की तथा महिला सदस्यमा रुचि शिवाकोटीे, सोनी अग्रवाल उम्मेद्वार बनेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको कार्यसमितिको कूल १९ पदका लागि हुने निर्वाचनमा ३९ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिका अनुसार सात वटा खुल्ला सदस्य पदका लागि १५ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै दुईवटा महिला सदस्य पदमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी अध्यक्षसहित सबै पदाधिकारी पदमा दुई–दुई जनाको उम्मेदवारी परेको छ । आसन्न निर्वाचनमा कूल चार हजार पाँच सय ३९ मतदाता रहेका छन् । मतदान कार्यक्रम आगामी फागुन १६ गते अग्रसेन भवनमा तय गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्