दमक, फागुन ७ । जनता समाजवादी पार्टीको दमक वडा नम्बर ६ समिति शुक्रबार गठन भएको छ ।

सुनिता पोद्धारको अध्यक्षतामा समिति गठन भएको हो । समितिका उपाध्यक्ष, सचिव र सहसचिवमा क्रमश जयराम राजवंशी, राजेश साह र टंक दर्नाल चयन भएका छन् । सदस्यमा दिनेश साह, तेजबहादुर विक छन् ।
धातु श्रमिकहरु संगठित
त्यस्तै सोही भेलाका बीच समाजवादी ट्रेड युनियन महासंघ निकट समाजवादी धातु श्रमिक संघको दमक नगर समिति गठन भएको छ ।
विजय दुतराजको अध्यक्षतामा गठित समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः हिराज दर्नाल, दिपेन्द्र घतानी, अशोक दुतराज र राम तिरुवा चयन भएका छन् । अन्य सदस्य छन् ।
वडा भेलालाई सम्बोधन गर्दै जसपा प्रदेश १ सदस्य एवम् कार्यालय प्रमुख कमन देवानले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई परास्त गर्न प्रगतिशील र उत्पीडित जनता एकजुट हुनुको विकल्प नरहेको बताए ।
कार्यक्रममा प्रदेश सदस्यहरु धिरेन लावती, प्रज्वल भण्डारी, प्रेस नेपाल झापाका अध्यक्ष देशराज नेम्बाङलगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा शिल्पी विशेष समितिका प्रदेश १ सदस्य मनकुमार विक, जसपा दमक अध्यक्षद्वय खेम दाहाल, चन्द्र राजवंशी, समाजवादी ट्रेड युनियन महासंघ केन्द्रीय सदस्य अनिल लामालगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्