दमक, फागुन ८ । पानीमा डुबेर झापाको कमल गाउँपालिकामा एक बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार कमल गाउँपालिका वडा नं.६ का सन्तोष भण्डारीका ६ बर्षिय छोरा सुयोग भण्डारीको डुबेर मृत्यु भएको हो ।
घर नजिकैको पोखरीमा डुवेर सिकिस्त भएका बालकको शुक्रवार राति उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रवार बेलुका बजेतिर हराएका बालकलाई राति ७ वजेतिर पोखरीमा डुवेको अवस्थामा फेला पारिएको र दमकको लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताए । प्रहरीले घटनाका बारे आवश्यक अनुसन्धान शुरु गरेको जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्