दमक, फागुन ९ । पूर्वका आदिवासी जनजाति श्रष्टाहरु संगठित भएका छन् ।

बिर्तामोडमा शनिवार सम्पन्न भेलाले मधुराज केरुङको संयोजकत्वमा नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ लिम्बुवान राज्य समिति गठन गरेको हो ।
गठित तदर्थ समितिको सहसंयोजहरुमा शिरेन बान्तवा ,पार्वता पोमु ,दावा शेर्पा,सचिवमा छत्र दर्लामी ,सहसचिवमा सुनिता तामाङ र कोषाध्यक्षमा सुजन सेलिङ रहेका छन् ।
यस्तै सदस्यहरुमा डा. छत्र माबो ,अजित धिमाल ,इक्साहाङ चेम्जोङ ,अर्चना गुरुङ ,इन्द्रसिंह राजवंशी ,मन्जुल सुनुवार , निमापोङ्सुवा भोटिया र जितेन साङपाङ रहेका छन् ।
यस्तै, केन्द्रिय प्रतिनिधिहरुमा बिराट किराती र जितेन पन्दाक तथा सल्लाहकारहरु मुनाराज शेर्मा, सुमित्रा बाङ्देल चेली र सेसेहाङ फियाक रहेका छन् ।
भेलामा महासंघका केन्द्रीय संयोजक राजन मुकारुङ र सहसंयोजक टंक सेलिङको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्