बिर्तामोड , फागुन ९ । नेपाल कम्युनिष्ट पार्टीलगायतका दल परित्याग गरी ५० भन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस बिर्तामोडको नगर कार्यालयमा आयोजित कार्यक्रममा बिर्तामोड ३ र ९ का अन्य पार्टीका कार्यकर्ताहरु पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई नगर सभापति भोजराज सिटौला, जिल्ला सदस्य घनश्याम चौधरी, वडा सभापति प्रेम उपे्रती, अजय शाहलगायतले स्वागत गरेका थिए । सत्तारुढ नेकपाभित्रको कचिंगलले कार्यकर्ताहरुमा वितृष्णा छाएर कांग्रेसमा प्रवेश गरेको कार्यक्रम संयोजक रामेश्वर मण्डलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्