भद्रपुर, फागुन १० । झापाको भद्रपुरमा घर–घरमा पुगेर स्वास्थ्य सेवा दिन थालिएको छ ।

वडा नं ७ ले यसको शुरुवात गरेको हो ।
वडाध्यक्ष विनोदप्रसाद पोखरेलको अगुवाईमा वडा नं ७ को आदिवासी बहुल बासीलाल टोलमा पुगेर भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरेको हो ।
भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रा श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेकी थिइन् । स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
‘घर दैलोको स्थानीय सरकार, गर्छौँ हामी स्वास्थ्य उपचार’ भन्ने नाराका साथ टोल–टोलमा पुगेर स्वास्थ्य सेवा दिन शुरु गरिएको वडाध्यक्ष पोखरेलले बताए । त्यहाँ सामान्य औषधि वितरणसमेत गरिएको थियो । यसलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्