बिर्तामोड , फागुन ११ । पायोनियर मोटो कर्प प्रालिले नयाँ निशान म्याग्नाइट गाडीको मूल्य सार्वजनिक गर्दै नेपालभरिका डिलरहरुमार्फत बुकिङ खुल्ला गरेको छ ।

त्यसक्रममा आज बिर्तामोडमा पनि निशानको नयाँ गाडी लन्च गरिएको छ । बिर्तामोडको भद्रपुर रोडमा रहेको निशान गाडीको सोरुममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र सोरुमका संचालक रौनक बंशलले गाडीको संयुत्त, रुपमा लन्च गरेका हुन् । नेपाली बजारमा बिग , बोल्ड , व्यूटिफूल र अति आकर्षक गाडी निशान म्याग्नाइटको मूल्य २९ लाख ४९ हजार रुपैयाँबाट उपलब्ध रहेको छ । निशान मोर्टरका अनुसार निशान म्याग्नाइटले निशान नेक्स्टको नेपाली र विश्व बजारको लागि तय गरिएको रणनीतिमा नयाँ अध्ययनको शुरुवात गर्दछ । मेक इन इन्डिया , मेक फर द वल्र्डको दर्शनमा निर्मित नयाँ निशान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र वेस्ट इन सेग्मेन्टका सुविधाहरु रहेको कम्पनीले जनाएको छ । विगत लामो समयदेखि भद्रपुर रोडमा निशानको आधिकारिक सोरुम संचालनमा रहेको बताउँदै संचालक बंशलले निशानले देशभर एकैपटक लन्च गरेका सबै प्रकारका गाडीहरु अब बिर्तामोडबाट पनि सहजै उपलव्ध हुने जानकारी दिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्य , जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रकाश जवेगुलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन चन्दा भट्टराईले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्