बिर्तामोड , फागुन १७ । बिर्तामोड उद्योग बाणिज्य संघको जारी मतगणना अनुसार लोकतान्त्रिक प्यानलले अग्रतालाई अझ फराकिलो बनाएको छ ।

मतदान सम्पन्न भएपछि गएरातिदेखि मतगणना शुरु भएको थियो । केहीबेर अघिसम्म लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटीले ९८९ मत ल्याउँदा संयुक्त प्यानलका सुवास भट्टराईले ७१३ मत ल्याएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा लोकतान्त्रिकका राजु न्यौपानेले ९६७ मत ल्याउँदा संयुक्तका नारायण चिमरियाले ७१० मत ल्याएका छन् । उद्योग उपाध्यक्षमा लोकतान्त्रिकका संजीव घिमिरेले ८८७ मत ल्याउँदा उनका प्रतिष्पर्धी प्रकाश घिमिरेले ७७३ मत ल्याएका छन् । त्यस्तै वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरेले १०५० मत ल्याउँदा उनका प्रतिष्पर्धी रामकृष्ण अधिकारीले ५७८ मत ल्याएका छन् । त्यस्तै उद्योग सचिवमा लोकतान्त्रिकका कुशल खतिवडाले ११७० मत ल्याउँदा उनका प्रतिष्पर्धी धनबहादुर डाँगीले ४७१ मत ल्याएका छन् भने वाणिज्य सचिवमा लोकतान्त्रिकका राजकुमार शाहले ७७१ मत ल्याउँदा कृष्ण पौडेलले ८७४ मत ल्याउन सफल भएका छन् । त्यस्तै कोषाध्यक्ष पदमा लोकतान्त्रिकका दिपेन्द्र राउतले ९९२ मत ल्याउँदा उनका प्रतिष्पर्धी दुर्गाप्रसाद थपलियाले ६५९ मत ल्याएका छन् । त्यस्तै सहकोषाध्यक्षमा लोकतान्त्रिककी राधिका चुडालले ८९१ मत ल्याउँदा उनका प्रतिष्पर्धी रन्जु प्याकुरोलले ७४२ मत ल्याएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्