बिर्तामोड , फागुन १७ । बिर्तामोड उद्योग बाणिज्य संघको जारी मतगणना अनुसार लोकतान्त्रिक प्यानलले अग्रतालाई अझ फराकिलो बनाएको छ ।


। केहीबेर अघिसम्म लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटीले १०५० मत ल्याउँदा संयुक्त प्यानलका सुवास भट्टराईले ७५२ मत ल्याएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा लोकतान्त्रिकका राजु न्यौपानेले १०२१ मत ल्याउँदा संयुक्तका नारायण चिमरियाले ७५३ मत ल्याएका छन् । उद्योग उपाध्यक्षमा लोकतान्त्रिकका संजीव घिमिरेले ९३७ मत ल्याउँदा उनका प्रतिष्पर्धी प्रकाश घिमिरेले ८१६ मत ल्याएका छन् । त्यस्तै वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरेले ११०७ मत ल्याउँदा उनका प्रतिष्पर्धी रामकृष्ण अधिकारीले ६१६ मत ल्याएका छन् । त्यस्तै उद्योग सचिवमा लोकतान्त्रिकका कुशल खतिवडाले १२३८ मत ल्याउँदा उनका प्रतिष्पर्धी धनबहादुर डाँगीले ४९६ मत ल्याएका छन् भने वाणिज्य सचिवमा लोकतान्त्रिकका राजकुमार शाहले ८१० मत ल्याउँदा कृष्ण पौडेलले ९३०मत ल्याउन सफल भएका छन् । त्यस्तै महासचिवमा रविन्द्र भट्टराईले ८८२ मत ल्याउँदा उनका प्रतिष्पर्धी अर्जुनकुमार मैनालीले ८६२ मत ल्याएका छन् ।त्यस्तै कोषाध्यक्ष पदमा लोकतान्त्रिकका दिपेन्द्र राउतले १०४३ मत ल्याउँदा उनका प्रतिष्पर्धी दुर्गाप्रसाद थपलियाले ७०२ मत ल्याएका छन् । त्यस्तै सहकोषाध्यक्षमा लोकतान्त्रिककी राधिका चुडालले ९४७ मत ल्याउँदा उनका प्रतिष्पर्धी रन्जु प्याकुरोलले ७८० मत ल्याएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्