बिर्तामोड , फागुन १७ । बिर्तामोड उद्योग बाणिज्य संघको जारी मतगणना अनुसार लोकतान्त्रिक प्यानलले अग्रतालाई अझ फराकिलो बनाएको छ । तर , संयुक्त प्यानलका वाणिज्य सचिवले अग्रता जारी राखेका छन् भने महासचिवमा लोकतान्त्रिकका रविन्द्र भट्टराई र संयुक्तका अर्जुनकुमार मैनालीबीच कडा प्रतिष्पर्धा देखिएको छ ।
। केहीबेर अघिसम्म लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटीले १२७७ मत ल्याउँदा संयुक्त प्यानलका सुवास भट्टराईले ९११ मत ल्याएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा लोकतान्त्रिकका राजु न्यौपानेले १२५६ मत ल्याउँदा संयुक्तका नारायण चिमरियाले ९०६ मत ल्याएका छन् । उद्योग उपाध्यक्षमा लोकतान्त्रिकका संजीव घिमिरेले ११४७ मत ल्याउँदा उनका प्रतिष्पर्धी प्रकाश घिमिरेले ९९३ मत ल्याएका छन् । त्यस्तै वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरेले १३४७ मत ल्याउँदा उनका प्रतिष्पर्धी रामकृष्ण अधिकारीले ७५६ मत ल्याएका छन् । त्यस्तै महासचिवमा लोकतान्त्रिकका रविन्द्र भट्टराई झिनो मतले अगाडि छन् । भट्टराईको १०६७ र मैनालीको १०६१ मत रहेको छ । त्यस्तै उद्योग सचिवमा लोकतान्त्रिकका कुशल खतिवडाले १५१६ मत ल्याउँदा उनका प्रतिष्पर्धी धनबहादुर डाँगीले ५९२ मत ल्याएका छन् भने वाणिज्य सचिवमा लोकतान्त्रिकका राजकुमार शाहले ९७९ मत ल्याउँदा कृष्ण पौडेलले ११४२ मत ल्याउन सफल भएका छन् । त्यस्तै कोषाध्यक्ष पदमा लोकतान्त्रिकका दिपेन्द्र राउतले १२७६ मत ल्याउँदा उनका प्रतिष्पर्धी दुर्गाप्रसाद थपलियाले ८५० मत ल्याएका छन् । त्यस्तै सहकोषाध्यक्षमा लोकतान्त्रिककी राधिका चुडालले ११६९ मत ल्याउँदा उनका प्रतिष्पर्धी रन्जु प्याकुरेलले ९२९ मत ल्याएकी छन् । यो २२४२ मतपत्र गनिँदासम्मको परिणाम हो ।




