कुमरखोद , फागुन १९ । दिपज्योती युवा क्लव झापा गाउँपालिका वडा नं. ७ मदरगाछीको आयोजनामा संचालित अध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधि एफसी जलथलले जितेको छ ।

जनकल्याण माविको खेल मैदानमा व्रदर्स युनाईटेड चन्द्रगढी र एफसी जलथलबीच भएको फाइनल खेलको प्रतिस्पर्धामा व्रदर्स युनाईटेड चन्द्रगढीलाई २–१ गोलको अन्तरले हराउँदै एफसी जलथल विजयी टिम बन्न पुगेको हो । एफसी जलथलका खेलाडी जर्सी नं ८ र १० ले एक–एक गोल गरी टिमलाई विजयी गराएका थिए

फाईनल खेलका विजेता र उपविजेता टिमहरुलाई प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले नगद, ट्रफी र प्रमाण–पत्र हस्तान्तरण गरेका थिए ।

विजेता टिम एफसी जलथलले १ लाख १ हजार १११ रुपैयाँ साथमा ट्रफी ,मेडल र प्रमाणपत्र पाएको छ भने खेलको उपविजेता टिम व्रदर्स युनाईटेड चन्द्रगढीले ५१ हजार १११ रुपैयाँ ट्रफी ,मेडल र प्रमाणपत्रमा चित वुझाउनु परेको छ । फुटवल खेलमा वेस्ट डिफेन्स एफसी जलथलका संजीत राई ,वेस्टकिपर एफसीकै आमास टुडु , वेस्टप्लेयर एफसीकै मानसङ्ग लिम्वु, राईजिङ्ग खेलाडी दिपज्योती युवा क्लवका नरेश मुर्मु घोषित भए ।

दिपज्योती युवा क्लव मदरगाछीका अध्यक्ष डिल्लीराम चुडालको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रममा प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष शाह रहेका थिए । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु , संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय सुरुक्षा निकायका प्रमुखहरु ,जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्