सुरुङ्गा , फागुन १९ । झापाको कनकाई नगरपालिका ४ कोटिहोम स्थित पूर्वपश्चिम राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा ४ जना घाइते भएका छन् । दिउँसो ३.३० बजे कोटोहोम नजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख १६८४ नं.को ग्यास बोकेको ट्रकले ओभरटेक गर्ने क्रममा बिपरित दिशातर्फ जादै गरेको प्र.१–०१–००१ च.०१६७ न.को कार र प्र.१–०१–०१३ प.१७८३ न.को मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी कार चालक धरान १६ बस्ने २८ वर्षिय दिपक क्षेत्री र कारमा सवारः सोलुखुम्बु पासाङ गाउँपालिका १ बस्ने ३० वर्षिय दिलिप रानामगरको मृत्यु भएको हो ।गंभीर घाइते भएका दुवै जनाको बिएण्डसी हस्पिटलमा उपचारको क्रममा ज्यान गएको हो । त्यस्तै ४ जना घाइते भएका छन् ।.कारमा सवार मृतक मगरकी श्रीमती ३० वर्षिया अन्जु मगर ,३० वर्षिय सुरेश मगर ,मोटरसाइकल चालक झापा शिवसताक्षी २ बस्ने ३९ वर्षिय ज्ञानबहादुर कसाई र पछाडि सवार उनकी श्रीमती ३० वर्षिया सोनम श्रेष्ठ घाइते भएका हुन् । उनीहरुको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक चालक फरार रहेको , ट्रक,कार र मोटरसाइकल इप्रका सुरुङ्गाको नियण्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्