झापा , फागुन १९ । ११ वर्ष कैद सजाय तोकिएर फरार रहेकी मानव ओसारपसार र जबरजस्ती करणी मुद्धाकी एक महिला प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरीगञ्ज ६ बस्ने २६ वर्षिया रुविना राजवंशी रहेकी छन् । झापा जिल्ला अदालतको २०७६ असार ३० गतेको फैसला अनुसार मानव ओसारपसार र जबरजस्ती करणी मुद्दामा रुविनालाई ११ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सुनाइएको थियो । हालसम्म फरार रहेकी उनलाई ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । सोही मुद्धाका अर्का प्रतिवादी रुबिनाका श्रीमान दिपेन्द्र यादव केही महिनाअघि पक्राउ परेका थिए । रुविनालाई कैद भुक्तानको लागि कारागार चलान गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्