सपना आचार्य,
इलाम , चैत ५ । मेयरसंग बालबालिका संवाद कार्यक्रम बिहिबार माई नगरपालिकामा सम्पन्न भएको छ ।

माई नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा माई नगरभित्रका बालबालिकाले माईका मेयरसंग बालबालिकाका समस्याका बारेमा खुलेर प्रश्न राखेका थिए । सहभागी बालबालिकालाई मेयर दिपककुमार थेबेले उत्तर दिदै बाल अधिकार प्राप्तिमा अब कुनै समस्या हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
नगरभित्रका सयभन्दा बढी बालबालिका सहभागी रहेको कार्यक्रममा मेयर थेबे, उपमेयर बिष्णुमाया आचार्य, प्रशासन शाखा प्रमुख नबिनकुमार पौड्याल, महिला शाखा प्रमुख जमुना पौड्याल, कन्काई माविका प्रधानाध्यापक हरिप्रसाद पौड्याललगायतले बालबालिकाको सवालको जवाफ दिएका थिए ।
बालबालिकाहरुले विद्यालय कक्षाकोठाको समस्या, अव्यवस्थित बसाई, खानेपानी तथा बालमैत्री संरचनालगायतका बिषयमा सरोकारवालालाई प्रश्न सोधेका थिए ।
यसैबीच बिहिबार नै माई नगरपालिकाभित्रका माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्