बिर्तामोड, चैत ६ । विवादका बीच बिर्तामोड उद्योग वाणिज्य संघको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष कुमार भट्टराईले सहमति र निर्णयविना पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको भन्दै कार्यसमितिका ११ जना पदाधिकारीसहित सदस्यहरुले कार्यक्रम बहिष्कार गरेका थिए ।
निवर्तमान अध्यक्ष बलराम कार्की, वाणिज्य उपाध्यक्ष नारायण चिमरिया, जनसम्पर्क उपाध्यक्ष पार्वता खरेल, महासचिव भेषराज भण्डारी प्रशान्त, उद्योग सचिव रविन्द्र भट्टराई, वाणिज्य सचिव प्रकाश घिमिरे, सदस्यहरु राजकुमार घिमिरे, राजु सापकोटा, खगेन्द्र खरेल, गौरीशंकर गुप्ता ‘टिंकु’ र उर्मिला विमली खरेलले सहमति विना आयोजना गरिएको भन्दै कार्यक्रम बहिष्कार गरेका हुन् । पद हस्तान्तरण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा संबोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय उत्पादन र बजारीकरणमा विशेष सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले स्वदेशी उत्पादनमा जोड दिन व्यवसायीले पनि भूमिका खेल्नुपर्ने बताए । त्यस्तै, महासंघले अघि सारेको भिजन २०३० लाई सार्थक पार्न सबै व्यवसायी र उद्योगीहरुलाई सुझाव दिएर सफल बनाउन आग्रह गरे । बैंकको ब्याजदर घटाउन महासंघले पहल गरिरहेको उनको भनाइ थियो ।
संघका निवर्तमान अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघ १ नम्बर प्रदेश अध्यक्ष टिकाराज ढकाल, केन्द्रीय सदस्य उमेश डालमिया, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, एमाले झापा अध्यक्ष चिन्तन पाठक, कांग्रेस झापाका सभापति उद्धव थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघको गत फागुन १६ गते भएको निर्वाचनमा प्रकाश शिवाकोटीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने , उद्योग उपाध्यक्षमा संजीव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे (राजु) , जनसम्पर्क उपाध्यक्षमा नैनकला भट्टराई ,महासचिवमा अर्जुनकुमार मैनाली, उद्योग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिवमा कृष्ण पौडेल , कोषाध्यक्षमा दिपेन्द्र राउत ,सहकोषाध्यक्षमा राधिका चुडाल निर्वाचित भएका थिए । त्यस्तै खुल्ला सदस्यमा विशाल थापा, गुन्जन प्रसाई, पुकार बराल , जीवनकुमार खड्का , दिपक मित्तल , बलराम सिटौला राम , गौरीशंकर गुप्ता टिंकु तथा महिला सदस्यमा तुलसा ढकाल खनाल र रुचि शिवाकोटी विजयी भएका थिए ।
यसैबीच पद हस्तान्तरण कार्यक्रमका अवसरमा दुईजना पत्रकारलाई सम्मान गरिएको छ । उद्योगी–व्यवसायीहरुको समाचार सम्प्रेषणमा गरेको योगदानको कदर गर्दै नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली र एभिन्युज टेलिभिजनका झापा समाचारदाता सन्तोष न्यौपानेलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्