झापा, चैत ९ । झापाको बाह्रदशी गाउँपालिका ७ स्थित डाँगीवारीनजिकै भएको सवारी दुर्घटनामा परी एक महिलाकोे मृत्यु भएको छ ।


मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका – ७ निवासी ३३ वर्षीय कमला राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । श्रीमान सुशिल राजवंशीसंग मे ७ प ४९४१ नम्वरको स्कुटरमा सवार उनलाई ना १ ख ९६२५ नम्वरको पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदैै गरेका राजवंशी दम्पत्ती सवार स्कूटरलाई विपरित दिशाबाट जाँदै आउँदै गरेको ट्याङ्करले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते सुशिलको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको बताइएको छ । दुर्घटनापछि ट्याङकर चालक पाँचथर बस्ने बर्ष . ३३ का नरेश पदक फरार रहेकोले खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्