राजगढ , चैत १५ । झापाको बाह्रदशी १ मा सातदिने योग शिविर सम्पन्न भएको छ ।

‘योग गरौं निरोगी बनौं’भन्ने मूल नाराका साथ सो शिविर आयोजना गरिएको थियो । बिहान ५ः३० देखि ७ः०० बजेसम्म ७ दिने शिविरमा पतञ्जली योग समिति झापाका सदस्य योगगुरु रुद्र ओलीले योग सिकाएका थिए । कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो ।

बाह्रदशीका आयुर्वेद शाखा प्रमुख जटाशंकर झाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि बाह्रदशी १ का वडाध्यक्ष शम्भुसिंह राजवंशी रहेका थिए । त्यस्तै सशस्त्र बल भागुडुब्बाका प्रमुख भुवन बस्नेतको विशेष आतिथ्यता रहेको थियो ।कार्यक्रमको संचालन योगगुरु नारायण ढकालले गरेका थिए ।त्यस अवसरमा निशुल्क रुपमा आयुर्वेदिक औषधी वितरण गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्