उदयपुर, चैत १५ । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ मा गएराति ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ ।

राति पौने १० बजेको समयमा स्वर्गीय मदन भण्डारी स्मृति लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स १ त ७६२० नम्बरको ट्याक्टरमा सवार चौदण्डीगढी नगरपालिका–२ का २८ बर्षीय रुपेश लामगादे अचानक ट्याक्टरबाट झर्दा उक्त ट्याक्टरको पछाडिको चक्काले किचेर घाईते भएकोमा घाईतेलाई बेल्टार अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्