बिर्तामोड , चैत १५ । नेपाल बहुउद्देयीय सहकारी संस्था (एनएमसी) ले आफ्ना सदस्यलाई लक्षित गरी एक दिवसीय सदस्य शिक्षा तालिम सम्पन्न गरेको छ ।

बिर्तामोड–१० स्थित सैनिकबजार कार्यालयअन्तरगत सहभागी सम्पूर्ण शेयर सदस्यहरुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २ नम्बर एकाई समिति संयोजक रत्नबहादुर बस्नेतले औचित्यसहित स्वागत गरेका गरेका थिए।
संस्थाका शेयर सदस्य तथा गैरसदस्यको सहभागिता रहेको कार्यक्रममा केन्द्रीय प्रशिक्षक टिकाराम पौडेलले असल संस्कार र स्वस्थ जीवनशैलीका विषयमा प्रशिक्षण दिएका थिए। उनले असल र गलत संस्कार,व्यक्तिगत एवम् पारिवारिक समृद्धिमा असल संस्कारको भूमिका, समाज तथा राष्ट्रको समृद्धिमा असल संस्कारको भूमिका,संस्थागत जीवनमा संस्कार र त्यसको प्रभाव, संस्कार निर्माणका अभ्यासलगायत विषयमा जानकारी गराएका थिए।
त्यस्तै सैनिकबजार कार्यालय प्रमुख विशाल ढुंगानाले सहजीकरण गर्दै एनएमसीको परिचय,नीति तथा कार्यक्रम,सेवा सुविधासहित संस्थाको वित्तीय झलक प्रस्तुत गरेका थिए।
कार्यक्रममा संस्थाका कार्यालयगत उपसमिति संयोजक मनु मुखिया, सदस्य टिकाराम दंगाल,सैनिक स्मारक प्रतिष्ठानका अध्यक्ष ज्ञानबहादुर गुरुङ,पवन मैनालीलगायतको आतिथ्य रहेको थियो। प्रशिक्षार्थीका तर्फबाट सविना राई र गणेश बोहोराले तालिमबाट आफूहरु लाभान्वित भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने प्रतिक्रिया दिएका थिए।
कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख ढुंगानाले गरेको बजारप्रतिनिधि चन्द्रबहादुर राईले जानकारी दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्