मोरङ, चैत १९ । मोरङ रतुवामाई नगरपालिका ३ बस्ने ६० बर्षीया चिन्तिदेवी ताजपुरियाको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ ।
बुधवार बेलुका ५ बजे सोही स्थानमा मे११प ५४५५ नम्बरको मोटरसाईकलले पैदल हिड्दै गरेकी ताजपुरियालाई ठक्कर दिई घाईते बनाएको थियो ।
घाईतेको रंगेली अस्पतालमा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिजुवा मोरङले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक सोही स्थानका अक्षयकुमार ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।