दमक , चैत १९ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले बिहीबार मोरङको मिक्लाजुङ गाउँपालिका ९ स्थित मधुमल्लामा संस्था परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीको मिक्लाजुङ सेवाकेन्द्रको व्यवस्थापनमा भएको कार्यक्रममा सहकारीले सदस्यहरुलाई दिने सेवासुविधाको बारेमा जानकारी गराईएको थियो ।

कार्यक्रममा संस्थाको नीतिनियम सेवासुविधासहित विशेष उपचार कोषको बारेमा सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठ र सचिव भुपाल बस्नेतले सहजीकरण गरेका थिए । सो क्रममा सहकारीको विशेष उपचार कोषमा आवद्ध सदस्यहरुलाई कुनै पनि बिरामी भएमा संस्थाले १० लाख रुपैयाँसम्म उपचार खर्चवापत उपलब्ध गराउने साथै ऋणीको मृत्यु भएमा कर्जा रकम मिनाहसम्मका सुविधा रहेको जानकारी गराईएको थियो ।
कार्यक्रममा मिक्लाजुङ ब्यापार संघका अध्यक्ष महाविर पौडेल, संघका पूर्व अध्यक्ष सेमन्तराज दाहाललगायतले कर्णाली सहकारीले सदस्यहरुलाई दिने सेवासुविधाहरुका बारेमा जिज्ञासा राखेका थिए । कार्यक्रममा स्थानीय सामाजिक अगुवादेखि व्यवसायीसहित ७० जना भन्दा बढीको उपस्थिति रहेको मिक्लाजुङ सेवाकेन्द्रका व्यवस्थापक सुनिता राईले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्