झापा , चैत २३ । प्रतिबन्धित लागूऔषधसहित हिजो फेरि एकजना पक्राउ परेका छन् ।

गएराति ८ बजे मेचीनगर नगरपालिका वडा नं.६ बसपार्कमा बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक .५बस्ने १८ वर्षिय अनुप धिताललाई लागूऔषधसहित पक्राउ गरेको हो । चेकजाँच गर्दा उनको साथबाट फेनारगन ३६एम्पुल,लुपिजेसिक ३५र डाईजेपाम ३३ एम्पुल गरी जम्मा १०४ एम्पुल लागूऔषध बरामद भएको थियो । थप आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हिजै प्रतिबन्धित ब्राउनसुगरसहित कचनकवल गाउँपालिका वडा नं. २ सुकुनाडिगी बस्ने २८ वर्षिय संजय लामा पक्राउ परेका थिए । हिजो दिउँसो १.५० बजे कचनकवल गाउँपालिका वडा नं. २ सुकुनाडिगीमा लागूऔषध बिक्री भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले लामालाई खानतलासी गर्दा २५ ग्राम ५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । लागूपदार्थ र लागूऔषध नापतौल गर्न प्रयोग गरिने डिजिटल तराजुसहित उनलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्