बिर्तामोड , चैत २३ । आज राति पूर्वी नेपालमा भुकम्पको झट्का महसुस गरिएको छ ।
भारत सिक्किमको राजधानी गान्तोक केन्द्रविन्दु भएको भुकम्प ५.४ रेक्टर स्केलको मापन गरिएको छ । सिक्किमदेखि २५ किलोमिटर पूर्वदक्षिण केन्द्रविन्दु भएको जनाइएको छ । राति ९ बजेर ४ मिनेटमा आएको भुकम्पको झट्का भारतको पश्चिम बंगाल र विहारमा पनि महसुस गरिएको छ । भुकम्पबाट भएको क्षतिबारे थाहा हुन सकेको छैन ।