बिर्तामोड , चैत २३ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपालको राजनीतिक तुवाँलो चाँडै अन्त्य हुने विश्वास दिलाएका छन् ।

गिरीराजकुमारी प्रसाईको श्रद्धाञ्जली सभामा बोल्दै कांग्रेस नेता सिटौलाले विश्वव्यापी महामारी कोरोना कन्क्लुजनमा आइसकेकाले नेपालको राजनीति पनि कन्क्लुजनमा आउने बताए । ‘नेपालको राष्ट्रिय राजनीतिमा अँध्यारो होइन , तुँवालो मात्र लागेको छ ’उनले भने ,‘सधै तुँवालो लाग्दैन, पानी पर्छ अनि उज्यालो हुन्छ ।’ श्रद्धाञ्जली सभा भएकाले धेरै राजनीतिक कुरा नगरी सिटौलाले घुमाउरो पारामा अब केपी ओली नेतृत्वको सरकारले निम्त्याएको अस्थिरता छिट्टै अन्त्य हुने बताए । ‘आमजनताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन , एक अर्कालाई निलम्बन र निष्काषणमै सरकारले समय बितायो ’उनले भने । ६ जनाभन्दा बढी केन्द्रीय सदस्यसहित झापा आएका सभापति शेरबहादुर देउवाले भने समसामयिक राजनीतिका विषयमा प्रवेश नै नगरी आफ्नो भनाइ अन्त्य गरेका थिए । पार्टीका अन्य वक्ताहरुले पनि राजनीतिक विषयवस्तु उठाएनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्