झापा , चैत २६ । झापामा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोड– ४ की १८ वर्षिया एक युवती र अर्जुनधारा – ८ का १५ वर्षिय एक किशोरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बिर्तामोडकी ती युवती भारतबाट फर्केको जनाइएको छ । दोस्रो चरणमा झापामा कोरोना संक्रमणको दर बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । हिजो दमकका एक बृद्धमा संक्रमण देखिएको थियो । आज संक्रमित दुईसहित जम्मा संक्रमितको संख्या ४६ सय ३८ पुगेको छ । उपचारपछि डिस्चार्ज हुनेको संख्या ४४ सय ९४ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ ।