पाँचथर, बैशाख–२ गते । पाँचथर फाल्गुनन्द गाऊपालिका ४ का २८ बर्षीय रोशन चेम्जोङको ट्याक्टरबाट लडी मृत्यु भएको छ ।


बुधबार बेलुका साढे ६ बजे सुकेधामवाट च्याङथापु तर्फ जादै गरेको प्रदेश १–०१–००१त८९६७ नम्बरको ट्याक्टरबाट लडी घाईते भएका सह–चालक चेम्जोडङको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा राती सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
ट्याक्टर र चालक पाँचथर कुम्मायक ३, रानिगाँउ का २३ बर्षीय काली बहादुर तामाङ नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्