बिर्तामोड , बैशाख ५ । बिर्तामोड नगरपालिका वडा नं.–१० मा आइतबारदेखि उद्घोषण तालिम शुरु भएको छ ।
वडास्तरीय महिला सञ्जालको आयोजनामा सञ्चालन भइरहेको तालिमको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले उदघटन गरे । महिला सञ्जालका अध्यक्ष खिलेश्वरी पाण्डेको अध्यक्षता तथा नगरप्रमुख शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, विशेष अतिथि बिर्तामोड नगरपालिका वडा नंं–१० का वडाध्यक्ष दुर्योधन गुरुङ, कार्यपालिका सदस्य गिता घिमिरे पोखरेल, तेलकानी टोल विकास संस्थाका अध्यक्ष राम लिम्बू, चमरधाम टोल विकास संस्थाका अध्यक्ष विनोद भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सृजना मोक्तानले सञ्चालन गरेको कार्यक्रममा स्वागत सावित्रा राजवंशीले गरेकी थिइन् । तालिमको सहजीकरण स्वस्तिका आचार्यले गर्ने जनाइएको छ ।