मोरङ, बैशाख १० । मोरङको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शुक्रबार बिहान ११ बजे केराबारी ८ स्थित जंगलमा को १त ५८४९ नम्बरको ट्याक्टरले को ३४प ९०६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सोही स्थानका ५० बर्षीय नरेशकुमार सोडारी गम्भीर घाईते भएका थिए । उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो पौने १२ बजे मृत्यु भएको छ । ट्याक्टर र चालक केराबारी १० का २१ बर्षीय उमेश मल्लिक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

त्यस्तै शुक्रबार दिउँसो साढे १ बजे मोरङकै सुन्दरहरैचा १० स्थित खोर्साने–केराबारी सडकखण्डको जंगलमा दक्षिण आउँदै गरेको को १ ख ६५४७ नम्बरको टिपरले बिपरित दिशाबाट आएको स ३ प ६३०३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा गम्भीर घाईते भएका मोटरसाईकल चालक बेलबारी ९ डाँगीहाटका २६ बर्षीय सुरेशकुमार चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार झापा धरमपुर घर भई बेलबारी ११ लक्ष्मीमार्गका ३४ बर्षीय रुपेश अधिकारी घाईते भई सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । टिपर र चालक उर्लाबारी ७ बस्ने ४८ बर्षीय बिर्खबहादुर धिमाल प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्