दमक, बैशाख १२ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य दिलिप राईकी श्रीमती इन्द्रकुमारी राईको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
पाँचथरको रविमा जन्म भई हाल झापाको कमल गाउँँपालिका वडा नम्बर ५ मंगलबारे बजारमा बसोबास गर्दै आएकी ६० बर्षिया इन्द्रकुमारी राईको आइतबार बिहान बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा एक्कासी समस्या देखिएपछि चार दिनदेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दै आएकी थिइन् । उनको आइतबार बिहान १.३० वजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको आइतबार कमल ५ सावित्रा चौंक उत्तर जंगलमा नेपाली सेनाको सहयोगमा अन्त्येष्टि गरिएको जनार्ईएको छ । उनका एक छोरा सुमन र छोरी समिता राई छन् ।योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १३१ पुगेको छ । झापामा आइतबार बिर्तामोडका ४ महिला र एक पुरुषसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित हुनेहरुमा दमकका एक महिला , तीन पुरुष , भद्रपुरका एक पुरुष , अर्जुनधाराका एक महिला , दुई पुरुष , गौरादहका एक महिला तथा झापा गाउँपालिकाका एक महिला र तीन पुरुष छन् ।