झापा , बैशाख २३ । बिर्तामोड नगरपालिकाले निषेधाज्ञाको समयमा सर्वसाधारणको सहजताका लागि चारवटा अटो रिक्सा सञ्चालनमा ल्याएको छ ।


निषेधाज्ञाको समयमा कोरोना तथा कुनै पनि कारणले आकस्मिक विरामी परेमा हस्पिटलसम्म पुर्याउनका लागि यातायातको अभाव हुन नदिन नगरपालिकाले अटो रिक्सा भाडामा लिएर सञ्चालनमा ल्याएको हो । बिहिबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले दैनिक २ वटाको दरले सञ्चालन हुनेगरी ‘अटो रिक्सा’ विहान ६ बजेदेखि राति ९ बजेसम्म जिल्ला ट्राफिक कार्यालयमा सेवाको लागि तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।कसैलाई आकस्मिक हस्पिटल जानु पर्ने भएमा नगरका १० वटै वडाका सर्वसाधारणका लागि यो सुविधा उपलव्ध गराईएको नगरपालिकाले जनाएको छ ।यसका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको फोन ०२३–५३०२९९ वा ९८५२६८२२९९मा सम्पर्क गर्नुपर्ने छ । अटो रिक्सा चालकहरुको सुरक्षालाई ध्यानमा राख्दै नगरपालिकाले उनीहरुलाई पिपिइसमेत उपलव्ध गराएको छ ।
बैठकमा बिर्तामोड नगरपालिका कोभिड संयोजक ओमबहादुर खड्का,इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी सन्तोष आचार्य,जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रुमख निशेष चापागाई,प्रहरी नायब निरिक्षक राजकुमार बस्नेत,पूर्वेली मजदुर यातायात प्रा.लिका अध्यक्ष हरिप्रसाद बास्कोटा,पूर्वेली मजदुर यातायात प्रा.लिका सचिव गणेश कोइराला,अखिल नेपाल अटो मजदुर संघका सदस्य सराफ शेख,नेपाल ठेला रिक्सा संघका हसिवु शेखलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्