दमक, बैशाख २७ । झापा गौरादहका एक पूर्व जनप्रतिनिधिको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

६८ बर्षिय पूर्व वडाध्यक्षको दमकको एड्भान्स अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । उनलाई हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आज बिहान ८ बजेर १० मिनेटमा मृत्यु भएको हो । यसअघि पनि गौरादह ४ कै एक जना महिलाको मृत्यु भएको थियो । दोस्रो लहरको कोरोना शुरु भएयता गौरादहमा २ जनाको मृत्यु भएको छ । ती दुबै एउटै वडाका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्